विरगंजमा थप २ जनाको मृत्यु , मृत्युको संख्या ५१ पुग्यो

वीरगन्ज । कोरोना संक्रमणका कारण वीरगन्जमा थप दुई जनाको मृत्यु भएको छ । वीरगन्जको गण्डक कोभिड अस्थायी अस्पतालमा उपचारत ६८ वर्षिय पुरुषको कोरोना सङ्क्रमणबाट बुधवार बिहान पौने एघार बजे मृत्यु भएको हो । मुटु रोगबाट ग्रसित स्थानीय एक निजी अस्पतालमा उपचार गराई रहेका ती बिरामीमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।कोरोना पुष्टि भएपछि उनी साउन ८ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए ।

पछिल्लो ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराई रहेका ६८ वर्षीय ती पुरुषको बुधवार उपचारको क्रममा निधन भएको अस्पतालका संयोजक डा.उदय नारायण सिंहले जानकारी दिए ।मृतक पुरुष बिरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोठी निवासी रहेको संयोजक डा.सिंहले जानकारी दिएका छन् ।मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाईएको छ । त्यस्तै वीरगन्जको नेशनल मेडिकल कलेजमा उपाचारका क्रममा रहेका उमेर र ठेगाना नखुलेका व्यक्तिको पनि कोरोना संक्रमणका कारण बुधवार मृत्यू भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेले जानकारी दिएका छन् ।

कोरोना संक्रमणका कारण बुधवार ज्यान गुमाएका दुई जनासहिँत पर्सामा हालसम्म एक भारतीयसहित १० जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।

 
 
  
 

You may also like