थप २१० जनामा कोरोना पुष्टि, २४ घण्टामा १४६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप २१० जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले २१० जना संक्रमित थपिएको जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३६० रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १४६ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १४ हजार २१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ३७ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ३ लाख ५८ हजार ३४४ नमुनाको पिसिआर परिक्षण भएको छ ।त्यस्तै अहिले देशभरमा १४ हजार ४७१ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार १३९ जना आइसोलेसनमा रहेका छन् ।अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ५ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा र भोजपुर रहेका छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like