भारतमा मात्रै एकै दिन ३५ हजारमा संक्रमण पुष्टि

नयाँदिल्ली । नेपालमा कोरोना संक्रमण दर केहि कमी आइरहेको तथ्याङ्कले देखाइरहेका बेला छिमेकी देश भारतमा भने संक्रमण दिनहुँ बढिरहेको छ ।

भारतमा मात्र होइन समग्रमा विश्वभर कोरोना संक्रमणदर झन तीब्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ४१ हजार २६५ जनामा संक्रमण देखिनुले त्यसको पुष्टि गर्छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । अमेरिकापछि ब्राजिल र भारतमा धेरै संक्रमित देखिएका छन् । गएको २४ घण्टामा ब्राजिलमा ४३ हजार ८२३ र भारतमा ३५ हजार ४६८ जनामा संक्रमण देखिएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । आज (शुक्रबार) बिहान ६ बजेसम्मको तथ्याङ्क अनुसार भारतमा संक्रमितको संख्या १० लाख पाँच हजार ६३७ पुगेको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या २५ हजार ६०९ पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार ६३९ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वभर संक्रमणको कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ९१ हजार ८६० पुगेको छ ।
गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार २९९ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी अमेरिकामा ८८५, भारतमा ६८०, मेक्सिकोमा ५७९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक करोड ३९ लाख ३० हजार १५० पुगेको छ । एजेन्सी

 
 
  
 

You may also like