मेघगर्जन र चट्याङसहित बर्षा, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । अहिले नेपालमा मनसुनी वायको प्रभाव देशभरी नै परेको छ । जसका कारण केहि दिनयता देशका अधिकांश भू–भागमा पानी परिरहेको छ ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) को मौसम पूर्वानुमान जारी गर्दै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागबाट केहि दक्षिणतिर सरेको जानकारी दिएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ ।महाशाखाले जारी गरेको पूर्वानुमानमा मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

कस्तो रहला आगामी तीन दिन ?
असार ३० गते मंगलबार
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति – देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

असार ३१ गते बुधबार
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गणडकी, प्रदेश ५ र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति –रातीस् देशभर देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

साउन १ गते बिहीबार
दिउँसो – देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

राति – देशभर देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तो छ आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 

 
 
  
 

You may also like