न्यु लाईटका भूतपूर्व विद्यार्थीहरुको भोलि ( बुधवार ) भेला हुने

तिलोत्तमा । तिलोत्तमामा रहेको न्यु लाइट माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुले भोलि बुधवार भेला हुने भएको छ। भुतपूर्व विद्यार्थीहरुबिच मिलन र सहकार्य , र विद्यालयको हितको लागि एकजुट हुने उदेश्यको साथ, न्यू लाइट माध्यमिक विद्यालय (सार्वजनिक शैक्षिक गुठी), शंकरनगरमा अध्ययन गरी विभिन्न क्षेत्रमा भएका ब्याचका पूर्व विद्यार्थीको प्रतिनिधी मुलक भेला हुने भएको हो । भोलि बुधवार तिलोत्तमा रहेको न्यु लाइट माध्यमिक विद्यालयको प्राङ्गण बिहान ८ बजेबाट हुने जनाइएको छ ।

कोरोना मारामारीको जोखिमलाई ध्यानमा राखी भेलामा भौतिक दूरी कायम गरि कार्यक्रम हुने आयोजकले जनाएको छ ।

 
 
  
 

You may also like