एनएमबी बैंक फर्साटिकरद्वारा क्वारेन्टिनमा खाद्यान्न वितरण

अर्जुन खत्री
फर्साटिकर ।एनएमबी बैंक लिमिटेड फर्साटिकर शाखाले रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको क्वारेन्टिनमा खाद्यान्न वितरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको क्वारेन्टिनमा खाद्यान्न वितरण गरेको हो।
क्वारेन्टिनमा आवश्यक चामल,दाल,नुन,फलफूल र सर्जिकल माक्स लगायत खाद्य तथा स्वास्थ सामाग्री वितरण गरिएको छ।
वितरण कार्यक्रममा बोल्दै एनएमबि बैंकका फर्साटिकर शाखाका प्रबन्धक केशव खनालले पछिल्लो समय विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको विषम परिस्थितिमा स्थानिय निकायलाई कोरोना नियन्त्रण,रोकथाम तथा क्वारेन्टिनको ब्यवस्थापन गर्नका लागि सहज होस भनी क्वारेन्टिनमा खाद्य र स्वास्थ्य सामाग्री वितरण गरिएको बताउनुभयो ।
बैंकले विभिन्न समयमा सामाजिक कार्यमा तत्परता देखाउदै सामाजिक उत्तरदायित्व बहन गरेको स्मरण गराउदै उहाँले आगामी दिनहरुमा पनि विभिन्न सामाजिक कार्यहरु गर्ने बताउनुभयो।
वडा न.४ का वडाअध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेल र क्वारेन्टिन ब्यवस्थापक मिलन निउरेले क्वारेन्टिनमा बैकिङ्ग क्षेत्रबाट पहिलो पटक खाद्यान्न वितरण गरि बैंकले सराहनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रम बैंकका फर्साटिकर शाखा प्रबन्धक केशव खनाललको अध्यक्षता,वडा न .४ का अध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलको प्रमुख आतिथ्यता रहेको थियो।
संगम न्यौपानेले सञ्चालन गर्नुभएको खाद्यान्न वितरण कार्यक्रममा क्वारेन्टिनका बसेका विभिन्न ब्याक्तिहरु ,बैंकका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

 
 
  
 

You may also like