खस्यो आशु !

  • कमल ज्ञवाली

खस्यो आशु ,
हरौदा आहार ,
सन्तानको रोदन ,
मालिकको तिरस्कार।

सम्झे अतित ,
तिम्रो हासो ,
मेरो मिहेनत ,
तिम्रो जयकार l

कोरोना अन्धकार ,
कि उज्यालो ?
सरलतामा केहि ,
प्रतिकुलतामा अहंकार !

कमौदा लाखौ ,
फाइदा बाडेउ ?
तीन महिनामानै
तिरष्कार उपहार !

तिम्रो घमण्ड ,
तिम्रो पतन ,
आज अप्ठ्यारो ,
बुझे झन ।

कोरोना हट्दा ,
तिमीले माग्दा ,
म भन्नेछु ,
मानव बन ।

मानवता अपरिहार्य ,
समय फेरिनेछ ,
सबको सहयोग ,
इतिहास केरीनेछ ।

संस्कार दान ,
मानवता देखाऊ ,
कोरोना संकट ,
मानवता जोगाउ ।

 
 
  
 

You may also like