थप ११८ जनामा कोरोना संक्रमण , संक्रमीत संख्या१६ हजार ६४९ जना पुग्यो

काठमाडौं । नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म १६ हजार ६४९ जना संक्रमित भएका छन् ।

यस्तै हाल संक्रिय कोरोना संक्रमित ८ हजार ६०३ जना रहेका छन् भने हालसम्म ८ हजार ११ जना डिस्चार्ज भइसकेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा पाँचथरका २ जना, गजेन्द्र नारायणसिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ जना महोत्तरीका ३ जना, सर्लाहीका ६ जना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रसुवाका एकजना, डोटीका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा बाँकेका एकजना, भक्तपुरका एकजना, काठमाडौंका १५ जना, काभ्रेका २ जना, ललितपुरका १३ जनामा, महोत्तरीका एकजना, रामेछापका एकजन, रौतहटका २ जना सिन्धुलीका एकजना, सिन्धुपाल्चोकका एकजना संक्रमित भएका छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, सर्लाहीका एकजना, इलामका एकजना, पाल्पाका २ जना रुपन्देहीका एकजना, मकवानपुरका एकजना,धादिङका एकजना र कैलालीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २जना रु तनहुका ८ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका एकजना,नवलपरासीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ६ जना र पाल्पाका २ जना, दैलेख प्रयोगशालामा सुर्खेतका ७ जना, बाजुराका एकजना र दैलेखका २ जना, सुर्खेत प्रोदशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एकजना, सल्यानका एकजना रसुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १ सय २० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ सय २० जना उपचारपछि विभिन्न आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन्।

योसँगै निको हुनेको संख्या ८ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १ सय ३९ डिस्चार्ज भएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ हुम्ला गरी कोरोना मुक्त हुने जिल्ला ६ पुगेका छन्।

नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like