भोलिदेखि सार्वजनिक सवारीसाधन चल्न दिने सरकारको निर्णय, भाडा दोब्बर बढ्यो

काठमाडौं। सरकारले सबै खालका सार्वजनिक यातायातका सवारीसाधन भोलि (शुक्रबार) बाट चल्ने दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद बैठकका निर्णयहरु आज (बिहीबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले आवश्यक सावधानी अपनाउँदै सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय भएको बताएका छन् ।

उनका अनुसार उपत्यकाका तीन वटै जिल्लाभित्र र अन्य जिल्लाहरुको हकमा जिल्लाभित्र मात्रै सञ्चालन गर्न पाइने छ । अन्तर जिल्ला र लामो दूरीका सवारीसाधन भने सञ्चालन गर्न पाइने छैन ।

एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि रोक लगाइनेछ । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै भाडा पनि ५० प्रतिशतले बढेको छ । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिर सम्बन्धित जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

कोरोना संक्रमणको जोखिम कम गराउन सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने भएकाले ५० प्रतिशत भाडा बढाएर लिन पाउने सरकारका प्रवक्ता युवराज खतिवडाले बताएका छन् । त्यसै गरी ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाभित्र र सम्वन्धित जिल्लाभित्र सञ्चालन गर्न पाइनेछ । चालक बाहेक दुई जना यात्रु र ती यात्रुका परिवार पाँच बर्षमुनिका बच्चा बाहेक अरु राख्न दिइने छ ।

तर निजी सवारीसाधनलाई भने जोर विजोर प्रणाली कायम नै राखिएको छ । उनका अनुसार चालकसहित दुई जना र परिवारकै पाँच बर्षमुनिको काखमा राख्न मिल्ने बच्चा भने राख्न पाइनेछ । मोटरसाइकल भने दुई जना चढाउन पाइने छ । परिवारकै पाँच बर्षमुनिका बच्चा भए राख्न पाइनेछ ।

 

 
 
  
 

You may also like