सैनामैनामा संचालित कृषि पाठशाला कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला अन्तर्गतको लौका र करेला खेतीे सिकाइ कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैनाको ३ स्थानमा संचालन गरिएको कृषि पाठशालाामा लौका, करेला र काँक्रा खेती बारे पाठशाला संचालन गरिए मध्ये लौका र करेला खेती औपचारिक रुपमा सम्पन्न भएको हो ।

गत फागुनदेखी कृषि विकास शाखा अन्तर्गत सैनामैनाको वडा नं ६, ९ र ११ मा गुणस्तरीय बाली उत्पादन (आइपिएम) कृषक पाठशाला संचालन भएको थियो । वडा नं ६ मा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले कृषि पाठशाला कार्यक्रमले कृषकहरुको सिकाईमा टेवा पुर्याएको बताउनुभयो । उहाँले पाठशाला प्रभावकारी भएको बताउँदै यस आर्थिक बर्षमा नगरको ११ वटै वडामा संचालन गर्ने गरि बजेट बिनियोजन गरेको उल्लेख गर्नुभयो ।

जग्गा एकीकृत गरेर नमुना कृषि फारमहरु बनाउने तर्फ नगरपालिको योजना रहेको समेत नगर प्रमुख कार्कीको भनाइ छ । उहाँले किसानहरुको उत्पादनलाई बिना विचौलिया कसरी बजारीकरण गर्ने सकिन्छ भन्ने तर्फ नगरले योजना बनाएकोे बताउनुभयो । उहाँले भन्नुभयो – ‘वस्तु उत्पादन गरेपश्चात गुणस्तर मापन गरेर विक्री गर्न सके मात्र कृषको जीवनस्तर उकासिने छ । ’

नगरपालिकाले कृषकहरुको जीवनस्तर उकास्ने गरी कृषिका विभिन्न कार्यक्रमहरु बनाएको सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले बताउनुभयो ।

कृषि पाठशाला मार्फत कृषकहरुको प्रत्यक्ष सम्पर्कमा रहेर प्रयोगात्मक विधिबाट उहाँहरुको क्षमता अभिबृद्धि गर्न धेरै सहज भएको सैनामैनाका कृषि शाखा प्रमुख सिर्जना खनाल सुबेदीले बताउनुभयो । यस बर्ष तिन ठाँउमा मात्र पाठशाला संचालन गरिएकोमा आगामी बर्षदेखी सबै वडामा संचालन गरिने उल्लेख गर्दै यसले आम कृषक वर्गको कृषि प्रणालीमै परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

समग्र कृषि क्षेत्रको विकासका लागि युवा पुस्ताले चासो दिनुपर्नेमा नगर मुल कृषक समुहका अध्यक्ष शेरबहादुर न्यौपानेले जोड दिनुभयो ।
कृषि समुहका अध्यक्ष चक्रपाणी खनालले नगरपालिकाले कृषकको सिकाई क्षमता अभिबृद्धि हुने गरी कृषि पाठशाला संचालन गरेकोमा कृषकहरु उत्साही भएको बताउनुभयो । । कार्यक्रममा कृषि पाठशालामा सहभागी कृषकहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

पठाशालामा शत्रुजीवको व्यवस्थापन र मित्र जीवको संरक्षण कसरी गर्ने, उत्पादनमा कस्तो परिवर्र्तन आउँछ ? कसरी छुट्याउने ? फाईदा र बेफाईदा लगायतका बिषयमा कृषकहरुलाई प्रयोगात्मक रुपमै जानकारी गराइएको थियो ।

पछिल्लो समयमा खेतबारीमा रासायनिक मलको प्रयोग अत्याधिक बढिरहेको अवस्थामा त्यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा पाठशाला संचालन गरिएको हो ।

 
 
  
 

You may also like