भारतमा कोरोनाले २० हजारको मृत्यु, एकै दिन २२ हजारभन्दा बढी संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २० हजार १७४ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ४७४ जनाको मृत्यु भएको छ भने २२ हजार ५१० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख २० हजार ३४६ पुगेको छ ।

संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ४० हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।

 
 
  
 

You may also like