दुई मोटराईकल जुधेर दुर्घटना हुने बित्तिकै तीव्र आईरहेको ट्रकले किच्दा दुईको मृत्यु

by समतल अनलाइन

घोराही । दाङमा गएराति दुई मोटरसाईकल एक आपसमा ठाेक्कएर दुर्घटना हुने बित्तिकै ट्रकले किच्दा दुईको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही-भालुबाङ सडकखण्डकाे पिपरी भन्ने स्थानमा सो दुर्घटना भएको हो ।

दुर्घटनामा लमही नगरपालिकाका २७ वर्षीय बिनय चौधरी र घोराही उपमहानगरपालिकाका २६ वर्षीय बालकृष्ण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भए लगत्तै ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर किच्दा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा परेर घाईते घईते भएका एकको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like