मौसम : पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, देशभर बदली हुने

by समतल अनलाइन

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको जानकारी दिएको छ ।

साथै बंगालको खाडीको उत्तर–पश्चिम भागमा एउटा निम्न चापीय प्रणाली बनेको पनि महाशाखाले जनाएको छ ।हाल देशभर बदली भइ पूर्व, मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टाको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । त्यस्तै पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको पूर्वानुमान छ । आगामी तीन दिनको मौसम सम्बन्धी विवरण सार्वजनिक गर्दै महाशाखाले मंगलबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।

त्यस्तै पूर्वी र मध्य पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।मंगलबार राति देशका अधिकांस स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा पश्चिम र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

बुधबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । बुधबार राति अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा पश्चिम र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो देशभर बदली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने एवं राति केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार राति पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

 
 
  
 

You may also like