कपिलवस्तुमा तीन महिला नदीमा डुबेर बेपत्ता

by समतल अनलाइन

तौलिहवा ।
कपिलवस्तुमा तीन महिला नदीमा डुबेर वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुका अनुसार जिल्लाको शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा डुबेर तीनजना बेपत्ता भएका छन् ।

शुद्धोधन गाउँपालिका ६, बेलभरिया पूर्वको सन्तघाट नदीमा स्थानीय कमलेश कोहारकी श्रीमती २५ वर्षीया तारामती कहाँर, बेचनप्रसाद कहारका १५ वर्षीया छोरी तारा कहाँर र घनश्याम रैदासका ८ वर्षीया छोरी खुस्बु रैदास बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका तीनैजना नुहाउने क्रममा डुबेर बेपत्ता भएकाको अहिले खोजीकार्य जारी छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताहरूको खोजीकार्य जारी राखेका छन् । बेपत्ता भएका तीन जनासहित ५ जना भएर नुहाउन गएका स्थानीयले बताएका छन् ।

 
 
  
 

You may also like