मुख्यमन्त्री पोख्रेलद्धारा तीजको शुभकामना सन्देश

by समतल अनलाइन

बुटवल । मुख्यमन्त्री शंकर पोख्रेलले हिन्दु नारीहरुको पर्व हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिला दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नभएको छ ।

मुख्यमन्त्री पोख्रलेलले प्रेस बिज्ञप्ती मार्फत युगौंदेखि मानिदै आएको यो पर्वले नेपालमा सामाजिक र राजनैतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुु भएको छ । उहाँले जहाँनिया राणा शासन, निरकुंश पञ्चायती व्यवस्था र शाही शासनको कठीन अवस्थामा नेपाली महिलाहरुले गरेको संघर्ष र यो संघर्षमा तीज पर्वको महत्वका बारेमा विशेष स्मरण गर्दछु भन्नु भएको छ ।
उहाँले जनाधिकार कुष्ठित भएको ती कठिन दिनमा महिलाले तीज गीत मार्फत तत्कालीन राज्यव्यवस्था विरुद्ध जनमत बलियो बनाउन निकै ठूलो भूमिका खेलेको सबैका सामु छर्लङ्ग छ । तीज पर्व मार्फत राजनैतिक जागरण ल्याएर नागरिकलाई संगठित गर्दै आन्दोलनलाई उत्कर्षमा पु¥याउँदै अहिलेको परिवर्तन संभव भएको बताउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछि चुनाव मार्फत तीनै तहमा स्थापित राजनैतिक नेतृत्व संविधान कार्यान्वयनमा जिम्मेवार र जवाफदेही ढंगले अघि बढिरहेका छन् । धेरै पहिलेदेखि एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाले स्थापित गरेका सोंच र मान्यतालाई हटाएर नयाँ व्यवस्था अन्तर्गत समाजमा सोंच र मान्यता स्थापित गर्ने काम निकै चुनौतीपूर्ण हो । यो चुनौतीपूर्ण यात्रामा सबैको सार्थक सहयोग र सहकार्य आवश्यक छ । जनचाहना र जन आकांक्षा अनुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा तीज पर्वले सार्थक भूमिका खेल्ने अपेक्षा मैले गरेको छु । राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर नेपालको संविधान विश्वमै नमूना भएको छ । महिला सम्बन्धी विभिन्न हकहरुलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ । संविधानमा व्यवस्थित हक अधिकारको उपभोग गर्दै जाँदा केही वर्षमै व्यवहारिक रुपमा नतिजा देखिने छ । विगतका संघर्षबाट प्राप्त उपलब्धीको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा सबै जुट्न म हार्दिक अपील गर्दछु भनि उल्लेख गर्नुुभएको छ ।

उहाँले हरितालिका (तीज) पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व पनि हो । पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्छ, जसले राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत गर्छ । मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा अघि बढेको छ । विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकारले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेको छ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा एकजुट भई अघि बढ्न म हार्दिक आव्हान गर्दछु ।

अन्त्यमा, हरितालिका (तीज) पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना ।

भनि उल्लेख गर्नुुभएको छ ।

 
 
  
 

You may also like