शनिवार थपिए ५५४ जना कोरोना संक्रमण , संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो

काठमाडौं।नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ३०९ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८३४ पुगेको छ । जसमध्ये महिला १८ र पुरुष ११८ रहेका छन् ।

नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

 
 
  
 

You may also like