शुक्रबार ५९३ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या ११७५५ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा ५९३ जना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा ८ महिला र ४० पुरुषसहित ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६९८ पुगेको छ  रसुवा जिल्लाबाहेक ७६ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको प्रवक्ता गौतमले जानकारी दिए ।

शुक्रबारसम्म २ लाख ६ हजार २७१ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या २ लाख ९० हजार ३४९ पुगेको छ ।

अहिलेसम्म ७१ हजार १२ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ३० जना आइसोलेसनमा रहेका छन् । शुक्रबार मृतकको संख्या बढेर २७ पुगेको मन्त्रालयले जनाएको छ

 
 
  
 

You may also like