२ सय थान फाईबर ग्लास डस्टबिन हस्तान्त्रण

सैनामैना । सैनामैना नगरपालिका वडा नं. ४ मा रहेको मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ८ लाख बराबरको २ सय थान फाईबर ग्लास डस्टबिन हस्तान्तरण गरिएको छ ।बिहीबार एक समारोहका बिच ग्लोबल आइएमई बैँक लिमिटेड मुर्गिया शाखा, तिनाउ मिसन डेभलपमेण्ट बैैँक लिमिटेड मुर्गिया शाखा, शाइन रेसुङ्गा डेभलपमेण्ट बैँक लिमिटेड मुर्गिया शाखा र मुुक्तिनाथ विकास बैँक लिमिटेड कलौनी शाखाको सहयोगमा खानेपानी संस्थालाई २ सय थान डस्टबिन हस्तान्तरण गरिएको हो । उक्त डस्टबिनमा खानेपानी संस्था र बैँकको ५०÷ ५० प्रतिशत लगानी रहेको छ ।

सो अवसरमा बोल्दै सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले मुर्गिया खानेपानीमा धमिलो पानी आइरहेकोले उपभोक्ता माझ देखिएका समस्याका बारेमा जानकारी गराउनपर्ने बताउँदै आएका सुझावहरुलाई आत्म साथ गरेर समाधान तर्फ अघि बढनुपर्ने धारण राख्नुभयो । कार्कीले भन्नुभयो – सडक स्वच्छता अभियानमा सबैको साथ आवश्यक छ । यसमा हरेक क्षेत्र एकजुट हुन जरुरी छ ।
बैंकहरुको मुनाफा अन्तर्गत सामाजिक उत्तरदायित्व बहन गरी नगरपालिकाको सामुुुदायिक सरसफाईमा जोड दिदै बैँकहरुको तर्फबाट ३ लाख ६० हजार रुपैँया र मुर्गिया खानेपानीको तर्पmबाट ४ लाख ४० हजार गरी ८ लाख बराबरको डस्टबिन निर्माण गरिएको संस्थाले जनाएको छ ।
डस्टबिनका लागि तिनाउ मिसन बैङ्क मुर्गिया शाखाले १ लाख २० हजार , ग्लोवल आईएमई बैङक र शाइन रेसुङ्गा डेभलपमेण्ट मुर्गिया शाखाले १÷१ लाख र मुक्तिनाथ विकास बैँक कलौनी शाखाले ४० हजार रुपैँया सहयोग गरेका हुन् ।
जसमा तिनाउ मिसन डेभलपमेण्ट बैँक र खानेपानी संस्थाबाट गरी ६० थान, ग्लोबल आइएमई बैँक र खानेपानी संस्थाबाट गरी ५० थान, शाइन रेसुङ्गा डेभलपमेण्ट बैँक र खानेपानीको तर्फबाट गरी ५० थान र मुक्तिनाथ विकास बैँक र संस्थाको तर्फबाट गरी २० थान सहित मुर्गिया खानेपानीको तर्फबाट छुट्टै २० थान थप गरी २ सय थान फाइबर ग्लास डस्टबिन निर्माण गरिएको हो ।
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले वर्तमान समयमा सरसफाईको दायरा फराकिलो बनाउने उद्देश्यले बैँक सँग सहकार्य गरी डस्टबिन हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो ।
कोभिड – १९ लाई समुदायमा फैलिन नदिनका लागि सैनामैना नगरपालिकाद्धारा सैनामैना १ बनकट्टा पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा निर्मित क्वरेण्टीनमा ४० थान डस्टविन सहयोग गरिएको अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो । अन्य बाकी रहेका डस्टबिन संस्थाले आवश्यक पर्ने सडकहरुमा व्यवस्थान गर्नेछ ।

हस्तान्तरण कार्यक्रममा बैँकका तर्फबाट मुक्तिनाथ विकास बैँक लिमिटेडका क्षेत्रीय प्रबन्धक गोबन्द अधिकारी र ग्लोबल आइएमई बैँक लिमिटेड मुर्गिया शाखाका प्रबन्धक पदमराज पोखरेलले बोल्दै बैँकहरुले आथिक विकासका साथ साथै सामाजिक विकासको उत्तरदायित्व बहन गर्दै संस्था सँग सहकार्य गरिएको बताउनुभयो ।

निर्माण गरिएका फाईवर ग्लास डस्टविन लोकमार्गको दा“या वा“या रामबस्ती देखी कालिकाचोक सम्म विद्युतीय पोलमा क्लेम फिट गरी राखिने संस्थाले जनाएको छ । लोक मार्गका उत्तर दक्षिण सैनामैना नगरपालिकाको मापदण्ड अनुसार बनेका पक्की कालो पत्रे बाटाहरुमा समेत डस्टबिन राखिने भएको छ । खानेपानी संस्थाले सहयोग प्रति धन्यवाद व्यक्त गर्दै बैँकहरुलाई प्रमाण पत्रद्धारा सम्मान समेत गरेको छ । सो अवसरमा समाजसेवी फणिन्द्र प्रसाद शर्मा, खुसीराम चौधरी, रामप्रसाद अधिकारी, कार्यालय प्रमुख दिनेश आचार्य लगायतले बोल्नुएको थियोे ।
संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद कंडेलको स्वागत तथा सचिव तारानाथ बेलबासेको संचालनमा सम्पन्न भएको हो । नेपालको संबिधानले आधारभुत स्तरको खानेपानी तथा सरसफाई सुविधालाई नागरिकको आधारभुत मौलिक हकका रुपमा प्रत्याभुत गरेको छ ।
राहत सामग्री वितरण

 
 
  
 

You may also like