न्यू होराइजन मा.वि. मा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

by समतल अनलाइन

बुटवल। न्यू होराइजन मा। वि का कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले विद्यालय प्रशासन र विद्यार्थीहरु बीचको सम्बन्धलाई प्रगाढ तथा सुमधुर बनाउने उद्देश्यले विद्यालयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेका छन । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजू, विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, विद्यालयका उपप्राचार्य त्रय बालकृष्ण भण्डारी, वासुदेव अर्याल तथा राजीव श्रेष्ठले विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का करिब १२० जना विद्यार्थीहरुको सहभागिता थियो । विद्यार्थीहरुले विद्यालय व्यवस्थापन समिति सामु विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासका लागि के कस्ता भावी योजना बनाएको छ भन्ने कुरालाई जोड दिँदै विद्यालयलाई अझै गुणस्तरीय र प्रभावकारी बनाउन के कस्ता पाइलाहरु चाल्नुपर्छ भन्ने बारेमा पनि आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।शिक्षण सिकाइ क्रियाकलाप र भौतिक सुविधाहरुमा देखापरेका समस्याहरु समाधान अझै प्रभावकारी बनाउनुपर्ने सुझाब पनि विद्यार्थीहरुले अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत गरेका थिए । विद्यालयमा यस्तो कार्यक्रम पहिलो पटक भएको र यसबाट विद्यार्थीहरुले धेरै कुरा सिक्ने अवसर पाएको कुरा कार्यक्रम प्रस्तोता एवम संयोजक कक्षा १० मा अध्ययनरत छात्र शिशिर बन्जाडेले जानकारी दिए ।

 
 
  
 

You may also like