राष्ट्रिय धर्म सभा नेपाल गणेशयात्रा निकाल्ने

by समतल अनलाइन

काठमाडौं ।राष्ट्रिय धर्म सभा नेपालले आगामि भाद्र १७ गते मंगलवारका दिन गणेशयात्रा निकाल्ने भएको छI हरेक वर्ष भगवान श्रि गणेशको जन्मोत्सवको अवसरमा उक्त यात्रा निकाल्ने गरिन्छ।

यो वर्ष पनि भाद्र १७ गते मंगलवार करिव दिउसो १ बजे देखि गणेश यात्रा सुरू हुने धर्म सभाका अध्यक्ष प्रा.डा. माधव भट्टराईले बताउनु भएको छI उहांका अनुसार यात्रा वसन्तपुरको अशोक विनायक देखि कमलादि गणेश स्थान सम्मको हुनेछ ।

उक्त गणेशयात्राको संयोजक तथा धर्म सभाको महासचिव योगी पुष्पराज पुरूषले गणेश यात्रामा सहभागी हुनको लागि सबैलाई हार्दिक आह्वान गर्नु भएको छI साथै उक्त यात्रामा आफ्ना आफन्त जन,इष्ट, मित्र सबैलाई सहभागि गराउनुका साथै आवस्यक सहयोग गरिदिनु हुन समेत आह्वान गर्नु भएको छ। उक्त यात्रालाई सव्य र भव्य बनाउनको लागि सबै धार्मिक समाजको महत्वपुर्ण योगदान हुने विश्वास उहांले व्यक्त गर्नु भएको छ ।

 
 
  
 

You may also like