आज (आइतबार) को मौसम : कहाँ, कस्तो रहन्छ ?

by समतल अनलाइन

काठमाडौं । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केहि दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ।

देशभर समग्र मौसमको अवस्था
हाल देशको पश्चिमी भु–भागमा सामान्यदेखि पुर्ण बदली भई केहि स्थानमा मेघ गर्जन÷चट्टयांग सहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ साथै मध्य तथा पुर्वी भु–भागमा सामान्य बदली भई केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।

भाद्र १५ गते (आईतबार)
दिउँसोः देशको पश्चिमी भु–भागमा सामान्य बदली साथै मध्य तथा पुर्वी भु–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा साथै पूर्व र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

रातीः देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन÷चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्टयांग सहित वर्षा हुने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध छ।

Share this:

 
 
  
 

You may also like