पहिरोले घर पुर्दा एकै परिवारका तीनको मृत्यु

by समतल अनलाइन

जाजरकोट । जिल्लाको भेरी नगरपालिका–२ तिमिलेमा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । शनिबार राति करिब १२ बजेतिर पहिरोले घर भत्काउँदा तीन जनाको ज्यान गएको हो ।

पहिरोमा परेर ३२ वर्षीया पार्वती वली, नौ वर्षीया मोतिकला वली र तीन वर्षीया धनिरा वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यामबहादुर खत्रीले बताए ।

 
 
  
 

You may also like