बुटवल उपमहानगरको योजना आयोगको सदस्य सचिवमा भट्टराई

बुटवल  । बुटवल उपमहानगरपालिकाको योजना आयोगको सदस्य सचिवमा बुटवलका युवा मेघराज भट्टराई नियुक्त हुनुभएको छ |राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिकास साझेदारहरु संगको करिब ५ बर्ष को कार्य अनुभव रहेका मेघराज भट्टराई अङ्ग्रेजी विषयमा स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएको छ  ।

कोरियाको योन्से विश्वबिधालयका प्रोफेसरहरु संग रिसर्च फेलोसिपका रुपमा काम गरेको अनुभव भएका भट्टराई ५ वटा रिसर्च पेपर समेत प्रकासन गरि सक्नु भएको छ । केहि पुस्तकहरुमा सम्पादकको समेत कार्य गरेको अनुभव बटुल्नुभएका भट्टराईले २ वटा पुस्तक समेत प्रकाशन गर्नु भएको छ भने विभिन्न पत्र पत्रीकामा दर्जन भन्दा बढी आलेखहरु प्रकाशन गरिसक्नु भएको छ  ।

राजनैतिक रुपमा समेत सक्रिय भट्टराई हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बुटवल उपमहानगर कमिटीको कार्यालय सदस्य एवं सहरी बिकास बिभाग प्रमुख हुनुहुन्छ भने मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं. ५ सचिब समेत हुनुहुन्छ  ।

बुटवल उपमहानगरको नगर योजना आयोगको सदस्य सचिवको रुपमा नियुक्तिको निर्णय पछि जितगढी न्युज संग प्रतिक्रिया दिदै आफुले यसलाई एउटा आज सम्म को अनुभवलाई गतिशील बनाउने र जिम्मेवारी पूरा गरेर बुटवललाई व्यवस्थित बिकास गर्ने तर्फ अघि बढाउन आफुले भुमिका निर्वाह गर्ने बताउनुभएको थियो ।

 
 
  
 

You may also like