रोट्रयाक्ट बुटवल डाउनटाउनबाट नियमित रक्तदान सम्पन्न

बुटवल । सामाजिक कार्यमा अग्रसर रोट्रयाक्ट क्लब अफ़ बुटवल डाउनटाउनले नियमित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले यो बर्ष ४ पटक रक्तदान सम्पन्न गरेको क्लबका अध्यक्ष मधु भट्टराई ले बताए ।

कोहि पनि बिरामी लाई रगतको अभावले समस्या नहोस् भनी रक्तदान गरिएको कार्यक्रम संयोजक माधब अर्यालले जानकारी दिए । कार्यक्रममा क्लबका निबर्तमान अध्यक्ष अजित घतानेले आफ्ना धारणा राखेका थिए र क्लबले यो बर्ष समाज परिवर्तनका लागी गरेका धेरै कामहरुको प्रशंंसा व्यक्त गरे ।क्लबले प्रत्येक ३ महिनामा रक्तदान गर्दै आइरहेको क्लबका सदस्य जिबन शर्माले बताए । रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको क्लबका सचिब सौरभ भुसालले जानकारि दिए।

 
 
  
 

You may also like