नवदिप साहित्य कोसेली २०७६ विमोचन

बुटवल । न्यु लाइट साहित्यिक मन्चले नवदिप साहित्य कोसेली २०७६ विमोचन गरेको छ । तिलोत्तमा रहेको न्यु लाइटमा अध्ययनरत विद्यार्थी हरुको साहित्य मन्चले सोमवार एक कार्यक्रमका बीच नवदिप साहित्य कोसेली २०७६ कोसेली विमोचन गरेको हो  । ” साहित्य र सृजनशीलता साहित्य ” मन्चको विशेषता भन्ने मुल नाराका साथ तिल्लोतामा नगरपालिका भित्र विभिन्न साहित्यिक कार्यक्रमहरु गर्दै आईरहेको छ ।विद्यार्थी भित्र रहेको साहित्यक गतिविधि लाई प्रस्फुटन गर्दै साहित्यक बुक बिमोचन  गरेको हो । कार्यक्रममा हरि न्यौपानेको सभापतित्व , तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरेको प्रमुख आतिथ्यता , विशिष्ट अतिथी न्यु लाइट कलेजका प्रमुख रमेश ज्ञावाली  र अन्य शिक्षक पुर्ब पधाधिकारी र विद्यार्थीको उपस्थिति रहेको थियो ।

स्वागत मन्तब्य मनिष भुसाल सुभकामना मन्तव्य बासुदेव  घिमिरे ,कलेज प्रमुख रमेश ज्ञवाली ,पुर्ब पधाधिकारी कृष्ण भुसाल , नमस्ते नेपालका अध्यक्ष  अर्जुन खरेल दिइएका थिए ।

 
 
  
 

You may also like