गण्डकी प्रदेशमा विहानै थप २१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४७ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा आज (बुधबार) विहानै थप २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।नवलपरासीको बर्दघाट सुस्तापूर्व र पर्वतका गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

नयाँ थपिएकामा नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना र पर्वतका ३ जना रहेका छन् । उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकीमा संक्रमितको संख्या २४७ पुगेको छ । गण्डकी प्रदेशका कोरोना संक्रमित २४७ मध्ये अहिलेसम्म २२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।

 

 
 
  
 

You may also like