गोर्खाली युवा सशक्तिकरण संस्था रुपन्देहीद्धारा बुटवलमा निशुल्क खाना

by समतल अनलाइन

बुटवल। गोर्खाली युवा ससक्तिकरण संस्था रुपन्देहीद्धारा आज बुटवलमा निशुल्क खाना खुवाएको छ । “हामी गोर्खालीको एउटै धोको,कुनै गरिब नरहोस भोको“ भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रमको एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाकी उप प्रमुख गोमादेवी आचार्यले उद्घाटन गरेकी हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै उप प्रमुख आचार्यले खाना खुवाउने जस्तो मानवीय संवेदनशीलतासँग जोडिएको काम गर्ने कार्य गरेकोमा प्रसंसा गरिन् ।
सामाजिक क्षेत्रमा काम गर्ने धेरै संघ संस्थाहरु भए पनि मानवीय संवेदनासँग जोडिने खाना खुवाउने र शरीर ढाक्ने एकसरो कपडाको अभाव भएकाहरुलाई कपडा उपलब्ध गराउने संस्था कमै रहेको भन्दै उनले युवाहरुको अभियानमा उपमहानगरपालिका हातेमालो गरेर अगाडी बढ्न तयार रहेको प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा संस्थाका संरक्षक नरिश्वर पौडेलले युवाहरुले अगाडी सारेका योजनामा आफुले बिगतदेखि सहयोग गर्दै आएको स्मरण गराउदै आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

संस्थाका अध्यक्ष भरत पुरीले युवाहरु बिकृति र बिसंगतिमा लागेका बेला समाजमा केही गर्नुपर्छ भन्ने सोच राख्ने आफुहरुलाई एकजुट गरेर युवा ससक्तिकरण अभियान सञ्चालन गर्दै आएको बताउदै यस्ता क्रियाकलापलाई आगामि दिनमा निरन्तरता दिनुका साथै थप बिस्तार गर्दै लैजाने उल्लेख गरे ।
लागु औषध दुव्र्यशनबिरुद्धको अभियान,बुटवल बजार सरसफाइ,कपडा बैंक स्थापनासँगै संस्थाले निशुल्क खनाको अभियान सञ्चालन गरेको भन्दै अध्यक्ष पुरीले निशुल्क खाना हप्तैपिच्छे सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष भरत पुरीको सभापतित्व र बुटवल उपमहानगर उप प्रमुख गोमादेवी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष भरतजङ्ग क्षेत्रीको स्वागत मन्तब्य र सचिव केशव खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like