थप चार जना कोरोना संक्रमित डिस्चार्ज , कोरोनामुक्त भएर फर्किनेको संख्या ४९ पग्यो

काठमाडौं । काठमाडौंको टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट आज (बिहीबार) चार कोरोना संक्रमित उपचारपछि निको भई डिस्चार्ज भएका छन् ।

अस्पतालको आइसोलेसनमा उपचार गराएका चार जना कोेरोना संक्रमितलाई डिस्चार्ज गरिएको अस्पताल निर्देशक डाक्टर सागर राजभण्डारीले जानकारी दिए । चार जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब एक जना मात्रै रहेको निर्देशक राजभण्डरीले बताए । चार कोरोना भाइसरमुक्त हुनेमध्ये एक जना आरोग्य फाउन्डेशनकी कर्मचारी पनि हुन् ।

फाउन्डेशनकी ती कर्मचारी कर्मचारीलाई वैशाख ३१ गते कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । योसँगै हालसम्म नेपालका विभिन्न अस्तालबाट कोरोनामुक्तभएर डिस्र्चाज हुनेको संख्या ४९ जना पुगेको छ ।

 

 
 
  
 

You may also like