अम्फान आँधी : भारत र बंगलादेभमा भारी वर्षा र हावाहुरी

ओडिसामा डेढ लाख मानिसको उद्धार
काठमाडौं । बंगालको खाडीमा विकसित अम्पुन नामको शक्तिशाली समुद्री आँधी (चक्रवात) का कारण अहिले पूर्वी भारत र बंगलादेशमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको छ ।

भारतीय मौसमविद्का अनुसार अब केही घण्टामा भारत र बंगलादेशबीचको तटीय क्षेत्रको जमिनमा त्यो चक्रवात ठोक्किनेवाला छ । चक्रवात आउने सम्भावित क्षेत्रमा दुवै देशले लाखौं मानिसलाई सारिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अम्पुन अहिले दिउँसोदेखि साँझसम्ममा जमिनमा बज्रिने भारतको मौसम विभागले अनुमान गरेको छ । यसै पनि कोरोना भाइरसको महामारीका कारण सास्ती पाइरहेका बेला यो समुद्री आँधीले भारत र बंगलादेशमा ठूलो विपद् निम्त्याएको छ।

बंगालको खाडीमा विकसित अम्पुन नामको शक्तिशाली समुद्री आँधी (चक्रवात) का कारण अहिले पूर्वी भारत र बंगलादेशमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको छ ।

भारतीय मौसमविद्का अनुसार अब केही घण्टामा भारत र बंगलादेशबीचको तटीय क्षेत्रको जमिनमा त्यो चक्रवात ठोक्किनेवाला छ । चक्रवात आउने सम्भावित क्षेत्रमा दुवै देशले लाखौं मानिसलाई सारिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अम्पुन अहिले दिउँसोदेखि साँझसम्ममा जमिनमा बज्रिने भारतको मौसम विभागले अनुमान गरेको छ । यसै पनि कोरोना भाइरसको महामारीका कारण सास्ती पाइरहेका बेला यो समुद्री आँधीले भारत र बंगलादेशमा ठूलो विपद् निम्त्याएको छ । रासस

 

 
 
  
 

You may also like