लक्ष्मी युथ क्लब गठन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगरमा रहेका युवाहरुद्धारा नया क्लब गठन गरेका छन ।
लक्ष्मीनगरको बिकाशका लागि लक्ष्मीनगरमा रहेका सबै युवाहरु एकजुट भइ लक्ष्मी युथ क्लबको गठन गरेका हुन । बुटवल उपमहानगरपालिका वडा न. ४ वडा कार्यालय संरक्षक रहने गरी क्लबको गठन गरीएको हो ।

लक्ष्मीनगर बासीका युवा तथा व्यावसायी राम कुमार श्रेष्ठ अध्यक्ष उपाध्यक्षमा पुकार थापा सचिवमा इश्वरलाल चुके सहसचिव नविन थापा कोषाध्यक्ष अमृत कुमार थापा सदस्यहरु रबिन कुमार श्रेष्ठ र प्रमित थापा रहने गरी ७ सदस्यीय कार्यसमिती गठन गरिएको हो ।
त्यसैगरी क्लबको बरिष्ठ सल्लाहकारमा वडा नं ४ का वडा अध्यक्ष टंक पराजुली रहनुहुने गरी ४ जना सल्लाहकार मनोनयन गरिएको क्लबका अध्यक्ष राम कुमार श्रेष्ठले बताउनुभयो जसमा गिर बहादुर केसी, बाबुराम ढकाल, खेम श्रीस र सुरेश नेपाल रहनुभएको छ ।

त्यस्तै प्रेस सल्लाहकारमा दिनेश कुमार श्रेष्ठलाइ प्रस्ताव गरीएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । लकडाउनको पूर्ण पालना गर्दै क्लब गठन कार्यक्रममा २० जना युवाहरु मात्रै सहभागी भएका थिए ।

 
 
  
 

You may also like