गुुुुल्मीको मुसिकोटमा लिफ्टिङ खानेपानीको परिक्षण सफल,आउदो बर्षसम्म घरघरमा पुर्‍याउने लक्ष्य

हरि पाठक
गुल्मी।मुसिकोट नगरपालिका–१ चैनडाँडा, गुल्मीमा कालुङ्गा छत्रकोट लिफ्टिङ खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिद्युतीय प्रबिधिको सहायता मोटरद्वारा निस्तीखोलाको किनारमा रहेको कालुङ्गा खोलाको मुहानबाट रिजर्भ टंकी देखि चाँप र छत्रकोटमा रहेको अन्तिम गरि २ वटा बितरण ट्याङ्कीसम्म पानी तानेर सोमबार आयोजनाको परिक्षण गरिएको हो ।

परिक्षण सफल भएपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको र केही दिनमै ट्याङ्कीसम्म पानी ल्याउने र नागरिकलाई समस्या परेको खण्डमा अब टोलटोलमा छिट्टै पुर्‍याउन सकिने बताउँदै निरन्तर छत्रकोटको मन्दिर नजिकै रहेको संकलन तथा बितरण ट्याङ्कीमा पानी खसाली रहने टंकीमा निरन्तर आइरहने तर हाललाई गाउँ गाउँमा भने नपुग्ने बताईएको छ।एक घर एक धारा अन्तर्गत आयोजना सञ्चालन गर्ने तयारी भने सकभर छिटो बढीमा अर्को बर्षसम्म पूरा गर्ने गरि कोरोना महामारीको अबस्था सामान्य बनेपछि मात्र काम अगाडि बढाइने उपभोक्ता समितिका सल्लाहकार रोमाकान्त खरेलले बताउनुभयो ।

बिश्वभर माहामरीकै रूपमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड-१९को सन्त्रास र नेपालमा पनि संक्रमण देखिएकोले उच्च सतर्कता अपनाउदै यसबाट बच्न सरकारले गरेको बन्दाबन्दीलाई पालना गर्दै बिकास पुर्वधारका कामलाई अघि बढाउन आग्रह गरेपनि मुसिकोट १ को लिफ्ट खानेपानीको आयोजना भने त्यो भन्दा पहिले देखिनै ठप्प जस्तै थियो तर सोमबार पानी तानेर परिक्षण भने गरिएको छ।सरकारको एक घर एक धारा नीति तथा कार्यक्रम अनुसार भौतिक पूर्वधार तथा बिकास मन्त्रालय प्रदेश ५ सरकार मार्फत १ करोड ५० लाख बिनियोजित बजेटबाट सञ्चालित कालुङ्गा छत्रकोट लिफ्ट खानेपानी योजना सोही गाउँदेखि तल रहेको कालुङ्गा खोला पानीको मुहानबाट लिफ्टीङ प्रविधि मार्फत पानी तानेर साबिकको पौँदी अमराई ६,७,८ त्यस्तै साबिककै नेटा ३,४ वडाका गाउँमा खानेपानी वितरण गर्ने गरि गत वर्ष २०७६ माघदेखि आयोजनाको पूर्वाधार निर्माणको काम सुरु भएको थियो ।

भौतिक पुर्वधार बिकास मन्त्रालय ५ नं. प्रदेशको ४ करोड ८६ लाख अनुमानित लागत रहेको आयोजनाबाट चैनडाँडा,ढाँणका मोटरबाटो माथिका,तल्लापौँदी गुरूङ्चौर देखि रानाटोलसम्म र लाकुरे थामडाँडा,आरूचौरसम्मका बासिन्दाा यो योजनाबाट लाभाम्वित हुने उपभोक्ता समितिका अध्यक्ष हेम बहादुर बलामीले बताउनुभयो ।

निस्तीखोलाको आडमा कालुङ्गा खोलाको मुलमा संकलन ट्याङ्की निर्माण गरिको बिद्युत जडान सम्पन्न भएसंगै लिफटिङ प्रविधिबाट माथि ३ ओटा ट्याङ्कीसम्म सोमबार परिक्षण पनि सफल भएको छ।अब माथि ती ट्याङ्कीमा पानी तानेर वितरण ट्याङ्की मार्फत घरघरमा निजी धारा निर्माण गरि पानी वितरणको काम मात्र बाँकि रहेको लिफ्टिङ खानेपानी आयोजना उपभोक्ता समितिले जनाएको छ।ट्याङ्की बनाउने,बिद्युत जडान गरेर सकिएको त्यस्तै मोटर जडान गर्ने काम लगभग अब सकिने र अन्य ती ठाउँमा ठाउँमा पाईप गाड्ने, धारा जोड्ने र प्राविधिक काम सञ्चालन गर्न बाकि रहेको र सकिएपछि मात्र एक घर एक धारा आयोजनाको काम सम्पन्न हुने कालुङ्गा छत्रकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिले जनाएको छ ।

वर्षौ अगाडी देखि खानीखोलाबाट ल्याईएको पानीले गाउँको माग थेग्न नसकेपछि थामडाँडा आरूचौर,चैनडाँडाका बासिन्दाले खानेपानीको चरम अभाव झेल्दै आएका थिए । अन्य ठाउँको अबस्था पनि उस्तै रहेको थियो। बितरण ट्याङ्कीसहित ४ वटा ट्याङ्की जनश्रमदानसहित निर्माण गरिएको हो भने मुहानदेखि ट्याङ्कीसम्म पाइप पनि गत बर्षनै सकिएको हो भने केन्द्रीय प्रशारण अन्तर्गतको बिद्युतको जडान नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र गुल्मी शाखा तम्घासले जडान खर्चबाहेक अन्य आबश्यक खम्वा,ट्रान्समिटर,बिजुलीका तार सम्पूर्ण निस्शुल्क सहयोग मार्फत जडान सम्पन्न भएको थियो। घरघरमा पुर्‍याउन पाइप जडान, निजी धारा लगायतका पूर्वाधार निर्माण कार्य बाँकि छन् यस्को काम कोरोना महामारीको प्रभाव सकिएपछि मात्र अन्य कामले गति पाउने र छिटो नै योजना सम्पन्न गर्ने गरि कामले गति लिने समितिले बिश्वास लिएको छ ।

गत असार मसान्त अघिनै सम्पन्न गर्ने लक्ष्य रहेपनि स्टिमेट अनुसार कहिले के हुने कहिले के नमिल्ने कहिले समयमै ठेकेदार,कामदारको अभाब हुने,कहिले केमा ढिलाई हुने गरेपछि आयोजनाको कामको गति धेरै पछि धकेलीएको हो । पहिलो किस्तामा १ करोड २० लाख बजेट बिनियोजित भएको र दोस्रो किस्ता अन्तर्गत पछि २० लाख रकम बिनियोजित भएछि योजनाका केही काम पूरा भएका हुन यो योजना सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाले ठूलो राहत पाउनेछन् टोलटोलमा एक पटक बिहान वा साझमा मात्र २/३ गाग्री पानी आउने कहिले आउँदै नआँउदै साथै बाह्रै महिना नआउने र नजिकै खासै पानीका स्रोत नहुुुुदा घण्टौँँ समय लगाएर उनिहरू धेरै पहिलेदेखि नै कुवा,पधेरा धाउदा धाउँदा हैरान बनेका थिए तर अब लिफ्टिङ खानेपानी घरघरमा आउने आशाले भने आफ्ना नानीबाबुहरू,समयमै स्कुल जाने र पढ्न पाउने सो पानी बोक्नमा खर्च हुने समय अन्य काममा परिचालित गर्न पाउने आशा जागेको स्थानीय बासिन्दाले बताएका छन्।गर्मी महिना सुरू भएसंगै बाह्रै महिना नजिकैका धारामा पानी नआउने भएकाले ३/४ महिना गाईबस्तु तथा मानिसलाई खानेपानीको चरम अभावका कारण हाहाकार सिर्जना हुने हुँदा रातको १०/१२ बजे कुवा,पधेरा घण्टौ समय लगाएर पानी ल्याउन धाउने गर्दछन्।जुन पहिल्यै देखि २/३ गाग्री खादै आईरहेको खानीखोला पानीको पाइप बिग्रदा त्यसको सुधार तथा निरन्तरताका लागि चैनडाँडा,लाकुरे,थामडाँडा,र आरूचौरका स्थानीयबासीले प्रत्येक घरधुरीबाट २ हजारका दरले रकम उठाएको बर्षौ बितेको छ त्यस्को काम केही दिन अगाडि मात्र ट्याङ्की निर्माण गर्ने काम सम्पन्न भएको र त्यो खानेपानीलाई पनि एक घर एक धारा अन्तर्गत नै समेटिने बताईएको छ। लिफ्टिङद्वारा एक घर एक धारा यो बर्षको असोजसम्म पुर्‍याउने भनिएता पनि कोरोना भन्दा पहिल्यै रोकिएको कामको हिजो पानी तानेर परिक्षण सफल भएको छ र अब बाकि काम भने यो कोभिड

-१९ को महामारीको समयमा काम गर्न नसकिने र कोरोना महामारीपछि काम थालनी गरेर अर्को बर्षसम्ममा मात्र यो योजनाबाट लाभान्वित हुने प्रत्येक ती गाउँका घरघरमा खानेपानी पुर्‍याउने लक्ष्य लिईएको लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितले जनाएको छ।

 

 
 
  
 

You may also like