गुल्मीको मदाने गाँउपालिका शिल

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाको मदाने गाउँपालिकामा एक जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै गाउँपालिकालाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार साँझ ६ बजेदेखि अर्को निर्णय नभएसम्म गाउँपालिकालाई सिल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । मदाने गाउँपालिका ६ पुर्कोटदहका ४१ वर्षिय पुरुषमा भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पाइएकाले गाउँमा उनको प्रथामिक उपचारमा संलग्न स्वास्थ्यकर्मी,उनको परिवार र सम्पर्कमा आएका सबै व्यक्तिहरुको आरडिटी र पिसीआर परीक्षण गर्ने निर्णय भएको सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

यो संगै जिल्ला अस्पतालको ओपिडी सेवा जेठ ६ र ७ गते बन्द गर्ने निर्णय भएको बताईएको छ । त्यस्तै तत्काल पिसीआर भिटियम उपलब्ध गराउनका लागि ५ नं प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ । उनी कतैबाट आएको नभई गाउँमै बसिराखेका र गाउँबाट जण्डिसको लक्षण तथा पहिले देखिनै निमोनिया देखा परेको भन्दै उनी जेठ एक गते देखि बुटवलको क्रिमसन अस्पातलमा उपचारको क्रममा रहेका थिए । उनको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनी मदाने गाउँपालिकादेखि अर्घाखाँचीसम्म मोटरसाइकलमा गएको र अर्घाखाँचीबाट एम्बुलेन्समा बुटवल गएको बताईएको छ ।

 
 
  
 

You may also like