79
सन्धिखर्क । रूपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि अर्घाखाँचीको सन्धिखर्कमा रहेको छायाँ पोलिक्लिनीकलाई पनि सिल गरिएको छ ।
सोमबार रुपन्देहीको क्रीमसन अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका गुल्मीका युवा सन्धिखर्कमा रहेको छायाँ पोलिक्लिनीकमा चेक गरेर बुटवल गएको पाईएपछी पोलिक्लिनीकलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।
क्रिमसन अस्पताललाई पनि यसअघि नै सिल गरिएको छ । गुल्मीका ४१ वर्षिय पुरुषका सोमबार कोरोना पुष्टि भएको हो ।