नेपालमा पहिलो पटक ७ वर्षको बच्चामा पनि कोरोना पुष्टि

काठमाडौं – नेपालमा सात वर्षको बच्चामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार(आज) सात बर्षीय बच्चामा पनि कोरोना संक्रमण देखिएको जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिए ।
तर संक्रमण देखिएका बालक वा बालिका भन्नेबारेमा भने उनले केही खुलाएनन् । नेपालमा सानो उमेरमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो ।आज नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ ।

डा. देवकोटाका अनुसार नेपालगञ्जमा देखिएका कोरोना संक्रमित ५ जना पुरुष र४ जना महिला छन् । उनीहर ७ देखि ५८ वर्ष उमेरका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

डा देवकोटाका अनुसार पर्सामा देखिएका ३६ वर्षीया कोरोना संक्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो भने अन्य ९ जनाको नेपालगञ्जको प्रयोगशालामा पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

 
 
  
 

You may also like