कोरोनाबाट मृत्यु हुनेको संख्या २०३,२८९ पुग्यो : अमेरिकामा मात्रै ५४,२६५

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २ सय ८९ पुगेको छ । संक्रमितको संख्या २९ लाख २१ हजार २ सय १ पुगेको छ भने ८ लाख ३६ हजार ९ सय ७० जना उपचारपछि घर फर्किएका छन् । ५७ हजार ८ सय ६३ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा ५४ हजार २ सय ६५ जनाको मृत्यु भएको छ । इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४, बेलायतमा २० हजार ३ सय १९ र बेल्जियममा ६ हजार ९ सय १७ जनाको मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like