स्कलर्स होममा अनलाइन कक्षा संचालन

बुटवल । बुटवलमा लकडाउन समयको सदुपयोग गर्दै राजमार्ग चौडाहमा रहेको स्कलर्स होम बोर्डिंग स्कुलले एस . ई.ई विद्यार्थीहरुको लागि अनलाइन कक्षा बैसाख २ गते बाट संचालन गरेको छ । अनलाइन कक्षामा सहभागी हुनका लागि जुम एप डाउनलोड गरेर हरेक दिन जोडिने  र भिडियो कलबाटै दोहोरो छलफल गरी कक्षा लिइएको विद्यालयका सह- प्राचार्य टिकाराम गौतमले जानकारी दिनुभयो ।

 

अनलाइन कक्षामा एस . ई . ई दिने ५० जना परिक्षार्थीहरूले सहभागी जनाएको सह – प्राचार्यले जानकारी दिनुभयो । यो अनलाइन तयारी कक्षाबाट आफुहरू लाभान्वित भएको विद्यार्थीहरुले बताएका छन् ।

हरेक दिन गणित ,अतिरिक्त गणित ,नेपाली, सामाजिक ,विज्ञान , कम्प्युटर लगायतका विषय निशुल्क रुपमा अनलाइन कक्षा पढाई भएको विद्यालयका सह- प्राचार्यले बताउनुभयो ।

 
 
  
 

You may also like