कोरोना जोखिम व्यवस्थापन गर्न प्रदेश ५ का जिल्लालाई ७८ लाख

बुटवल । प्रदेश ५ सरकारले कोरोना भाइरस जोखिम व्यवस्थापन गर्न बनेका प्रदेशका जिल्ला विपद् व्यवस्थापन समितिलाई ७८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका १२ वटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
निर्णय अनुसार प्रदेश विपद व्यवस्थापन कोषमा हालसम्म जम्मा भएको रकमबाट तराई जिल्लाका समितिलाई ८ लाख र पहाडी जिल्लाका समितिलाई ५ लाख रुपैंयाका दरले रकम प्रदान गरिने मुख्यमन्त्रीका प्रेश सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । यसअघि प्रदेश सकारले सबै जिल्लाका स्थानिय तहलाई १३ करोड रुपैंया अनुदान दिएको थियो ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले बर्ष २०७७ का लागि ६ दिनको विदा अनुमोदन गरेको छ । निर्णय अनुसार प्रदेश भर ४ वटा सार्वजनिक विदा र दुई वटा निश्चित समूदायलाई दिईने विदा गरि ६ वटा विदा अनुमोदन गरेको हो ।
जसअनुसार २०७७ सालमा माघ १ र २ गते माघी विदा, फागुन ३ गते प्रदेश स्थापना दिवस, स्थानिय तहले निर्णय गरेर दिन मिल्ने गरि कुनै एक दिन र निश्चित पर्व मनाउने समुदायलाई एक दिनको विदा दिईने छ ।
रुकुम, रोल्पामा भूमे पुजा, थारुसमूदायको बडकवा अतवारी र पाल्पामा मनाइने भगवती जात्राको लागि सोही स्थान र समूदायका लागिमात्रै एक दिन विदा दिइने निर्णय गरिएको हो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले बाल रोग विशेषज्ञ डा. किरणमणि पौडेललाई लुम्बिनी प्रादेशिक अस्पतालमा हाजिर गराई कामकाजमा खटाउने निर्णय गरेको छ ।

 
 
  
 

You may also like