59
बुटवल । बुटवलको राजमार्ग चौराहमा रहेको स्कलर्स होम सेकण्डरी बो.स्कूलले विपद् व्यवस्थापन कोषमा २१ हजार १ सय ११ रुपैँया सहयोग गरेको छ । बुटवल उप–माहानगरपालिका वडा न.९ रहेको स्कूलले उक्त वडाले स्थापना गरेको कोषमा बुधबार आर्थिक सहयोग गरेको हो ।
हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण गरिएको लकडाउन बाट श्रृजित समस्याको समाधानार्थ र प्रभावित यसै समुदायलाई राहत पुगोस भन्ने उद्देश्यले उक्त रकम वडाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मा गरेको स्कूलका प्राचार्य बाबुराम बन्जाडेले बताउनुभयो । नगरले र प्रदेशले स्थापना गरेको कोषमा पनि सक्दो सहयोग गर्ने समेत उनले बताए ।