गुल्मी कुर्घा रुपन्देही सम्पर्क समाजद्वारा विपन्न परिवारलाइ राहत वितरण

बुटवल । गुल्मी कुर्घा रुपन्देही सम्पर्क सामाजले रुपन्देहीका विभिन्न ठाँउमा गरिव तथा विपन्न परिबारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा गुल्मी कुर्घाका रुपन्देहीमा बस्दै आएका कुर्घेली दैनिक मजदुरी गरेर खानेहरु समस्यामा परेको भन्दै रुपन्देहीको देवदह , तिलोत्तमा ,सैनामैनामा राहत वितरण गरेको हो ।

सैनामैना नगरपालिकामा कार्यसमिति सदस्य लक्ष्मी गिरि , देवदह नगरपालिकामा ज्ञानुराज अर्याल, तिलोत्तमा नगरपालिकामा अध्यक्ष तेज नारायण अर्याल , सचिव प्रकाश थापा ,बाबुराम शर्मा रामजी अर्याल लगायतको संयोजनमा राहत वितरण गरेको जनाइएको छ।

रुपन्देहीका तिलोत्तमा, देवदह, सैनामैना गरि १८ परिबारलाई राहत वितरण गरिएको कुर्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष तेजनारायण अर्यालले जानकारी दिनुभयो ।

दिगो विकास लक्ष्य अन्तर्गतको शुन्य भोकमरी समस्या अन्तर्गत बन्धुत्वको भावना र मानवीयताको हिसावले १८ परिबारलाई चामल, दाल, तेल, नुन सहयोग गरिएको अध्यक्ष तेज नारायण अर्यालले बताउनुभयो । संस्थाले विगतका दिनहरुमा पनि सामाजिक कामहरु गर्दै आएको छ।

 

 
 
  
 

You may also like