बाग्लुङमा भएको कोरोनाको -यापिड टेस्टमा थप एकजनामा कोरोना पोजेटिभ देखियो

बाग्लुङ्ग। बागलुङमा थप एक महिलामा द्रुत परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । जिल्लाको काठेखोला गाउँपालिका बिहुँमा आइतबार परिक्षणका क्रममा एक महिलामा पोजेटिभ देखिएको हो । आइतबार उक्त स्थानमा शंकास्पद ७ जनाको द्रुत परीक्षण गरिएको थियो । जसमध्ये बिहुँ इनारपानीकी एक महिलाको परिक्षणमा प्रारम्भिक नतिजा पोजेटिभ देखिएको हो । उनको दोस्रो परिक्षणका लागी नमुना संकलन गरि पोखरा पठाउने तयारी गरिएको छ ।

पहिलो परिक्षणमा पोजेटिभ देखिएकी महिलालाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालमा आईसोलेसनमा राखेर उपचार थाल्ने भनिएको भएपनि तत्काल स्वास्थ्यमा कुनै समस्या नभएकाले बिहुँकै भिमसेन माबीमा सञ्चालित क्वारेन्टाइनमा राखेको धौलागिरी अञ्चल अस्पतालका प्रमुख डा.शैलेन्द्र बिक पोखरेलले जानकारी दिएका छन ।
। ती महिला लकडाउन शुरु हुनुभन्दा केहिदिनअघिमात्रै भारतको तीर्थयात्रा गरेर फर्किएकी हुन्।

 
 
  
 

You may also like