शान्ति दीप टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं-७ दीपनगरमा रहेको श्री शान्ति दीप टोल विकास संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका अध्यक्ष मन बहादुर पुनको अध्यक्षतामा शनिबार सम्पन्न भएको हो ।

साधारण सभाको अवसरमा वृद्धहरुलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमूख अतिथि बुटवल उपमहानगरपालिका वडा नं-७ का अध्यक्ष कमलप्रताप थापाले ७६ वर्षीय खोपनारायण श्रेष्ठ र ८८ वर्षीय चन्द्रकला गुरुङलाई दोसल्लाले सम्मान गरे । यसैगरी एस.ई.ई.मा उत्कृष्ट अंङक प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

सो अवसरमा वडा नं ७ का जनप्रतिनिधि नविन थापा, खानेपानी वितरण शाखाका इन्चार्ज टिका बहादुर राना, समाजसेवीहरु उर्मिला महत, विष्णु बस्याल लगायतले बोलेका थिए । साधारण सभाबाट अध्यक्षको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कला गुरुङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक प्रतिवेदन समेत पास गरेको छ ।

सस्थाका उपाध्यक्ष हिरालाल श्रेष्ठको स्वागत तथा सचिव किशोर कुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like