प्रदेश ५ लाइ समृद्ध बनाउन चीनसंग सहकार्य : मन्त्री गिरी

by समतल अनलाइन

विमानस्थल र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटक ओइरिन्छन्
बटवल । प्रदेश ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले भेरहवामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र मोनो रेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओईरो लाग्ने दाबि गरेका छन् । विमानस्थल सञ्चालन र लुम्बिनीसंगै जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालन पछि पर्यटक ओईरिने भन्दै उनले त्यसका लागि आवश्यक पुर्वधार निर्माण गर्न सरकार लागि परेको बताए ।

रिपोर्टर्स क्लव प्रदेश ५ मा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री गिरीले बाहिरी देशका सिधा सिधा उडान भैरहवामा हुदा बढि भन्दा बढि पर्यटक आउने बताए । पर्यटकको बसाई लम्बाउने खालका योजना र उनीहरुलाई राख्न स्तरिय होटल अझै आवश्यक रहेको समेत प्रष्ट पारे ।

प्रदेश सरकारले सुरु गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ सफल भइरहेको दाबि गरे । ४ महिनाको अवधिमा प्रदेश सरकारले गरेका कामको मुल्याङकनका आधारमा भ्रमण बर्षका बारेमा टिकाटिप्पणी नगर्न आग्रह गरे । त्यस्तै उनले लुम्बिनीको बृहत्तर विकासका लागि लुम्बिनी आसपासका क्षेत्रहरु अतिग्रहण गर्नुको विकल्प नभएको समेत बताए ।

क्वाक्कले बनाएको गुरुयोजनामा लुम्बिनी संग जोडिएका क्षेत्रहरु समेत रहेको भन्दै संरचना निर्माणका लागि जग्गा अधिग्रहण गर्नुको विक्लप नभएको उनले बताए । उनले लुम्बिनीको विकास हुनुले त्यहाँका जनताको जीवन स्तर माथी उठ्नु रहेको भन्दै विकासमा अवरोध गर्नु कसैका लागि पनि राम्रो नहुने बताए । उनले चिनका बिभिन्न प्रान्तसंग सरकारले भगिनी सम्बन्ध स्थापना गरेको भन्दै प्रदेशलाइ समृद्ध बनाउन चीनसंग सहकार्य गरिने बताए ।

चीन पुगेर सांस्कृतिक , कृृषि , प्रविधिको आदान प्रदान र सम्झौंता हुने गरिले बताए ।मन्त्रालयले अहिले पर्यटन विकास कार्यालय सञ्चालनको लागि कानुन बनाउँदै गरेको मन्त्री गिरीले जानकारी दिए ।पर्यटन मन्त्री गिरीको नेतृत्वमा भदौ १२ चिनको गान्छु प्रान्तमा प्रदेश ५ को टोली प्रस्थान गर्दै छ ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्दिन खाँनले लुम्बिनी बाहिर पनि सरकारले जग्गा अधिग्रहण गर्न लागेको हल्ला फैलिएको भन्दै अब लुम्बिनीका जनताले जग्गा नदिने बताए । लुम्बिनीको विकासले त्यहाँका नागरिकलाई समेटन नसकेको भन्दै उनले अब जग्गा अधिग्रहण गर्न जनताले नदिने उनको भनाई थियो ।

बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज कुँवरले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले पुर्वधारमा लगानी गर्न आग्रह गरे । सरकारले ठोस योजना ल्याउन नसकेको बताए ।

चिनिया पर्यटक भित्राउँनको लागि चिनिया भाषामा ज्ञानको आवश्यकता रहेको हुँदा चिनिया भाषाको प्रशिक्षणको आवश्यकता रहेको श्रेष्ठको भनाइ छ ।त्यस्तै चिनिया जानकार मोहन भण्डारीले चिनका विभिन्न प्रान्तसँग गरिएको भागिनी सम्बन्ध नेपालको विकासको कोषेढुङ्गा सावित हुने बताए ।

चिनसँग भागिनी सम्बन्ध कायम गरेर फलोअपमा जानुपर्ने उनको भनाइ छ । कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

 
 
  
 

You may also like