होराइजन जिविएसमा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न

by समतल अनलाइन

तिलोत्तमा । होराइजन गौतम बुद्ध स्कुल ड्राइभरटोलमा विद्यालयमा आधारित दुई दिने आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । विद्यालयमा संचालित जुनियर रेडक्रस सर्कलमा आवद्ध सदस्यहरुका लागि आयोजित तालिममा प्राथमिक उपचार गर्ने बिधिका बिषयमा सैदान्तिक तथा व्यावहारिक शिप प्रदान गरिएको थियो ।

तालिमको समापनका अवसरमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरुले तालिममा सिकेको शिप व्यावहारमा लागु गर्न आग्रह गरेका छन । कार्यक्रममा प्रमुख प्रशिक्षक रजनिस चन्द्र गुप्ता, प्रशिक्षक बासुदेव घिमिरेले तालिम प्रदान गरेका थिए ।

जुनियर रेडक्रस सर्कल होराइजन जिविएस स्कुलका सभापति अभिषेक न्यौपानेको सभापतित्व, नेपाल रेडक्रस सोसाईटि रुपन्देहीका सभापति प्रेमलाल उदासको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य गोपाल प्रसाद आचार्यको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक नायक कृष्ण पौडेलले गरेका थिए ।

कार्यक्रममा सहभागिको तर्फवाट विद्यार्थी सुमित श्रेष्ठले तालिमको अनुभव सुनाएका थिए । दैनिक जिवनमा आइपर्ने घटना दुर्घटनामा अत्यावश्क हुने प्राथमिक उपचारको बिषयमा सैदान्तिक तथा व्यावहारिक शिप सिक्न पाएकोमा सहभागिहरुले खुशि व्यक्त गरेका थिए ।

तालिममा सर्कलका २४ जना विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

 
 
  
 

You may also like