दशरथ टोल विकास संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

by समतल अनलाइन

बुटवल। दशरथ टोल विकास संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । बुटवल उप–महानगरपालिका– ८ स्थित दशरथ टोल विकास संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन बुटवलमा सम्पन्न भएको हो ।

दशरथ टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षता तथा बुटवल उप–महानगरपालिका वडा नं.८ का वडा सदस्य भवानी सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तेस्रो अधिवेशनमा नयाँ कार्यसमिति चयन भएको छ । पाँचौ साधारण सभाका अध्यक्ष थापाको अध्यक्षतामा आयोजित सभामा वन्द शत्र वाट नयाँ कार्य समितिको चयन गरिएको हो ।

शनिवार सम्पन्न भएको वन्द शत्रले वेद बहादुर सारुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा गेहेन्द्र राज न्यौपाने , सचिवमा हरिहर भण्डारी, सह–सचिबमा ज्योति थापा मगर, कोषाध्यक्षमा झबी गिरी, सदस्यहरुमा धुव्र प्रसाद ज्ञवाली, युवराज काफ्ले, सरस्वती पराजुली, पार्वती बुढाथोकी, गणेश प्रसाद कँडेल र मायाँ सारु चयन भएको जनाईएको छ ।

कार्यक्रममा वोल्दै जनप्रतिनिधि तथा कार्यक्रमका प्रमुख अतिथि भवानी सुवेदीले टोलमा भएका समस्याहरुको समाधानमा ध्यान दिन र ठुला समस्याको समाधान गर्न सम्वन्धित वडा कार्यालय संग समन्वय गर्न आग्रह गरेका थिए । यस्तै अध्यक्ष कृष्ण बहादुर थापाले आफुले टोल सुधारको लागि केही काम गर्न सफल भएको भन्दै वाँकी रहेका कामहरु नयाँ कार्य समितिले गर्ने विश्वास व्यक्त गर्दै नयाँ कार्य समितिहरुलाई कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा जेस्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको थियो भने कार्यक्रम संचालन गेहेन्द्र राज न्यौपानेको रहेको थियो।

 
 
  
 

You may also like