चीनमा ४२ नयाँ कोरोना संक्रमित भेटिए, ज्वरो-खोकी र घाँटी दुख्ने लक्षण देखिएन

एजेन्सी । चीनमा कोरोना भाइरस संक्रमणको ४२ नयाँ घटना बाहिर आएको छ । यो नयाँ संक्रमणसँगै चीनमा कोरोना संक्रमितको संख्या ८१,९०७ पुगेको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार ४२ संक्रमितमध्ये ३८ जना बाहिरबाट आएका नागरिक हुन् । उनीहरुका अनुसार शुक्रबार बताएअनुसार ४७ जना कोरोना संक्रमित बिरामी पनि भेटिएका छन्, जसमा कुनै लक्षण नै थिए । यीमध्ये १४ जना विदेशबाट आएका नागरिक हुन् ।

चीनको स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रबार दिएको जानकारीका अनुसार चीनमा कोभिड-१९ को नयाँ संक्रमित भेटिएका छन् जसमध्ये ३८ जना विदेशबाट आएका नागरिक हुन् ।

Dish_Home
निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्न चीनले विहीबार नै निर्देशन दिइसकेको छ । वुहानमा ७६ दिनदेखि चल्दै आएको लडकडाउन पनि विहीबारदेखि हटाइएको छ ।

अहिलेसम्म चीनमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३,३३६ रहेको छ । संक्रमित ८१,९०७ मध्ये ७७,४५५ जना निको भइसकेका छन् ।

एनएचसीका अनुसार कुनै लक्षणबिना पनि संक्रमित भेटिएका १,०९७ मानिसमध्ये ३४९ जना विदेशबाट आएका मानिस हुन् । उनीहरु अहिले पनि चिकित्सकीय निगरानीमै रहेका छन् । ती बिरामीमा खोकी, ज्वरो, घाँटी दुख्ने लगायतका लक्षण देखिएको थिएन ।

 
 
  
 

You may also like