पहिलो पाइला नेपालको आयोजनामा वादविवाद प्रतियोगिता सम्पन्न

by समतल अनलाइन

बुटवल । पहिलो पाइला नेपाल बुटवलको आयोजनामा जिल्ला स्तरिय अन्तर माद्यामिक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। ।

रुपन्देहीका विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहेको थियो । प्रतियोगीहरुले ” विद्यार्थीको शैक्षिक भविश्य माथि जिम्मेवार को ! अभिवावक कि शिक्षक ”विषयक शिर्षकमा र्तक विर्तक प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा कालिका मानब ज्ञान माविकी छात्रा एलिसा बेल्बासे प्रथम, क्यानन मा.विका छात्रा विक्रम भण्डारी , द्धितीय र शान्ति नमुनाकी छात्रा सान्त्वना स्थान प्राप्त गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी पहिलो पाइला नेपालका सल्लाकार उमेश बोहोराले बुटवल शाखाले सामाजिक क्षेत्रमा उत्कृस्ट कामहरु गर्दै गएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा अझै युवाहरुलाई परिचालन गरि अगाडी बढ्नेमा आफु विस्वस्त रहेको बताए ।

कार्यक्रमका विशिस्ट अतिथि स्कलर्स होम बोर्डिंगका प्रिन्सिपल बाबुराम बन्जाडेले विद्यार्थीको शैक्षिक भविश्य माथि शिक्षक र अभिवावकको महत्वपुर्ण जिम्मेवार रहनुका साथै यस्ता खालका कार्यक्रमले विद्यार्थीहरुको क्षमता अभिवृदी बढ्ने बताए।
कार्यक्रममा तिनाउ सरसफाई अभियानका संयोजक ठाकुर गैरे ,खुद्द्रा किराना पसलका अध्यक्ष गंगाधर गैरे , तिनाउ सरसफाई अधियान सह- संयोजक कृष्ण कंडेल लगायतले आफ्नो भनाई राखेका थिए। संथाका अध्यक्ष आयुष पौडेलको अध्यक्षतामा , संस्थाकी उपादक्ष्य शान्ति अर्यालको स्वागत रहेको कार्यक्रमको संचालन सचिब पारस मरासिनिको गरेका थिए।

प्रतियोगिताको निर्णायकमा शोभाखर भट्टराई , आनीक राना , राजन घिमिरे ,चुडामणि पौडेल रहेका थिए। प्रतियोगितामा विभिन्न स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई मायाको चिनो र प्रशंसापत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा प्रथम दितिय र सान्त्वना हुनेले ७५०० ,५००० र २५०० रकम प्रदान गरिएको थियो।

You may also like

Leave a Comment