स्व. पत्रकार अधिकारीको स्मृतीमा शोक सभा

by समतल अनलाइन

बुटवल,६ भदौ । नेपाल पत्रकार महासंघ रुपन्देहीले महासंघका केन्द्रिय सभासद स्व. डायलसन अधिकारीको सातौँ दिनको पुन्य तिथीमा शुक्रवार सोक सभा सम्पन्न गरेको छ ।
साथै महासंघले अधिकारीको परिवारलाई सहयोग स्वरुप ५० हजार सहयोग समेत प्रदान गरेको छ । सोही अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले स्व. अधिकारीको पेशा प्रतिको निष्ठालाई नयाँ पुष्ताले अनुसाण गर्नुपर्ने बताए ।

उनले परिवारलाई महासंघको तर्फबाट हुने सवै प्रकारका सहयोग हुने समेत बताए । त्यस्तै स्व. अधिकारीका दाजु नेत्र अधिकारीले भाई अधिकारीले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान आफूले सहभागिहरुबाट महसुस गरिरहेको बताए ।

 
 
  
 

You may also like