भुमिश्वर ढकालको घरमा बम बिष्फोटमा संलग्न नेकपाका तिन नेता पक्राउ

by समतल अनलाइन

बुटवल । प्रदेशसभामा सत्ता पक्षका मुख्य सचेतक भुमिश्वर ढकालको घरमा बम बिष्फोट गराएको अभियोगमा रुपन्देही प्रहरीले ३ जना लाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ११बस्ने बिक्रम यादव गैडहवा गाउपालिका वडा नं ६ का रुदल यादव र सियारी गाउपालिका वडा न. ४ ओर्लहवा बिष्णु प्रसाद तिवारी रहेका छन ।

पक्राउ परेकाहरुमाथी गत साउन ३१ गते राती नेपाल कम्युनिष्ट पार्टि नेकपाका नेता तथा प्रदेशसभामा सत्ता पक्षका मुख्य सचेतक भुमिश्वर ढकालको घरमा बम बिष्फोट गराएको आरोप छ ।

पक्राउ परेका मध्ये बिक्रम यादव नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा रुपन्देही द्धारा गठित जनसरकार उप प्रमुख, रुदल यादव प्रादेशीक जनसरकारका सदस्य र बिष्णु प्रसाद तिवारी उक्त पार्टिको जिल्ला कमिटी सदस्य रहेको दावी रुपन्देही प्रहरीको छ ।

उनिहरुले सैनामैना नगरपालिका वडा नं ८ शान्ति टोलमा रहेको ढकालको घरमा घर अगाडी पार्किङ गरी राखेको लु १ झ ४५६ नं. को सवारी साधनमा वियरको बोत्तलमा मट्टितेल भरी आगो लगाई आगजनी गराई क्षति पुग्याएको दावी प्रहरीको छ ।

साथै रुदल र बिक्रमलाई गत साउन १५ गते राती गैडहवा गा.पा.वडा नं.२ सानो धुपहीमा रहेको एनसेलकोे टावरको कम्पाउण्डमा लगाएको तारको जाली काटि भित्र प्रबेश गरी टावर र मेसिन जोडिएको तारहरुमा आगो लगाई बम पड्काइ क्षति पुर्याएको दावी प्रहरीको छ ।

 
 
  
 

You may also like