साझा पार्टीले नेतृत्व नगरे सम्म मुलुक बन्दैन ः संयोजक मिश्र

by समतल अनलाइन

बुटवल,६ भदौ । साझा पार्टीका संयोजक रविन्द्र मिरुले साझा पार्टीले मुलुकको नेतृत्वमा नपुगे मुलुक नबन्ने दाबी गरेका छन् ।
शुक्रबार रुपन्देहीको मणिग्राममा आयोजित पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक मिश्रले पार्टीलाई मुलुकको नेतृत्व गर्ने तहमा पु¥याउन आफुहरु ज्यान फालेर लागेको बताए ।

पार्टीको संगठन संरचना समेत पूर्ण भैनसकेको अवस्थामा स्थानीय तहको निर्वाचनमा होमिनु परेको र त्यसपछि पार्टी एकता र राष्ट्रिय निर्वाचनको सामना गर्नुपरेको उल्लेख गर्दै उनले ति दुई वटै निर्वाचनमा पार्टीले राम्रो मत हाशील गर्न सफल भएको बिष्लेषण गरे ।

एकिकृत पार्टी भित्रको व्यवस्थापन मिलाउने नाउमा पार्टी डेढ बर्ष अल्मलिएको बताउदै पछिल्लो ५ महिना यता पार्टीले संगठन निर्माण र बिस्तारलाई तिब्रता दिएको जानकारी गराए ।

मुलुकको आर्थिक समृद्धि हुनुपर्छ भन्ने तर कसैले त्याग नगर्ने गरेका कारण मुलुकको विकास हुन नसकेको भन्दै उनले मुलुकको विकासका लागि सबैले केहि न केहि त्याग गर्नै पर्ने आवस्यकता औल्याए ।

पार्टीका प्रदेश नं ५ संयोजक तथा केन्द्रीय सदस्य अनुपमान सैजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्य,केन्द्रीय सदस्य केशव दाहाल लगायतले मुलुकको समसामयिक अवस्था र पार्टीले अगाडी सारेको कार्ययोजनाबारे प्रकास पारेका थिए ।

सो अवसरमा पार्टीले बुटवल उपमहानगरपालिकामा केशरराज खनाल,तिलोत्तमा नगरपालिकामा काशिराम पाण्डे र तिलोत्तमा नगरपालिकामा शशिराज खनाललाई संयोजकको जिम्मेवारी समेत तोकेको छ ।

 
 
  
 

You may also like