पत्रकार पन्थीको पुस्तकबारे बुटवलमा अन्तरक्रिया हुदै

by समतल अनलाइन

६ भदौ, बुटवल । महाभूकम्पपछिको असर र पुस्तक कम्पनबारे भोलि भदौ ७ गते शनिबार बुटवलमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

गुल्मीमा जन्मेका पत्रकार किशोर पन्थीले महाभुकम्पपछि लेखेको पुस्तक कम्पनका बारेमा गर्न लागिएको कार्यक्रममा पुस्तकका बारेमा तथा महाभुकम्पपछि नेपालको पर्यटनसहित विभिन्न क्षेत्रमा परेको असरका बारेमा छलफल हुने छ ।

एक दशक देखि अमेरिकामा बसेर पत्रकारिता गर्दै आएका पत्रकार पन्थीले लेखेको पुस्तकमा भुकम्पका बेला भोग्नु परेका पीडा देखि विभिन्न पक्ष समेटिएको छ ।

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित रहेर लेखिएको पुस्तकमा महाभूकम्पमा वियोग र वेदना भोग्नेहरुका वास्तविक कथाहरु, मृत्युको मुखबाट बाँच्नेहरुको बयान, रेस्क्यु अपरेशनमा खट्ने सेना, प्रहरी लगायतको अनुभव, भूकम्पपछि घाइते हुनेहरुको उपचारमा संलग्न डाक्टरहरुको अनुभव, देशविदेशबाट राहत लिएर आउनेहरुको भोगाई र अप्ठ्यारो अवस्थामा समेत संचारकर्ममा सकृय पत्रकारका कथाहरु समेटिएको छ । पुस्तक २५२ पृष्ठको रहेको छ ।

बुटवल योगिकुटी स्थीत होटल पौवामा दिउसो साढे १ बजे हुने कार्यक्रममा प्रदेश पाच सरकारका सामाजिक विकास मन्त्री सुर्दशन बराल, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालको विशेष उपस्थीति रहने भएको छ ।

अन्तरक्रिया कार्यक्रम सहभागिता जनाउन पत्रकार तथा लेखक पन्थीले सबै पत्रकार, लेखक तथा शिक्षाप्रेमीहरुलाई आग्रह गरेका छन ।

 
 
  
 

You may also like